कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए « Khabarhub

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली स्वदेश फर्किएको छ ।

बैशाख ७ देखि ८ गतेसम्म भारतको केरलामा भएको उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीसहितको टोलीलाई भेट गरी बधाइ दिएका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल सङ्घहरूले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गरिने बताए ।

नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी समुहमा स्वर्ण पदक जितेका छन् । त्यसैगरी दिपिका अचाजुले ८७ केजी समुहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समुहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदक जितेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : १२ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व