युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने | Khabarhub Khabarhub

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको युक्रेनले मङ्गलबार बताएको छ ।

किएभले यसै महिना नयाँ कानुन प्रस्तुत गर्दै ड्राफ्ट डोजर (सशस्त्र सेनामा सामेल हुनको लागि आधिकारिक आदेश पालना नगर्ने व्यक्ति) का लागि सजायमा कडाइ गर्ने र परिचालनको उमेर दुई वर्ष घटाएर २५ वर्ष पु-याएको छ ।

विदेशमन्त्री दिमित्रो कुलेबाले भने, “विदेश बसेका कारण कुनै पनि नागरिकलाई मातृभूमिप्रतिको कर्तव्यबाट मुक्त गर्न सकिँदैन । त्यसैले हिजो मैले युक्रेन र विदेशका भर्ती उमेरका पुरुषहरूप्रति निष्पक्ष मनोवृत्ति पुनस्र्थापित गर्ने उपायका लागि निर्देशनमा हस्ताक्षर गरेको छु । यो न्यायोचित हुनेछ ।”

उनले के कस्ता उपायहरू पहिले नै लागू गरिएको थियो वा विचार भइरहेको थियो भन्ने कुरा स्पष्ट पारेका छन् ।

उनले भने, “छिट्टै परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक नियोगमा भर्ना भएका पुरुषका लागि कानूनी दायराभित्र रहेर कन्सुलर सेवा प्राप्त गर्ने प्रक्रियाबारे थप स्पष्टिकरण दिनेछ ।

युक्रेनी सञ्चारमाध्यमले प्रकाशित गरेको एक दस्तावेजमा परराष्ट्र मन्त्रालयले १८ देखि ६० वर्ष उमेर समूहका सबै युक्रेनी पुरुषका लागि कन्सुलर सेवा स्थगन गरेको उल्लेख छ ।

युक्रेनका प्रथम उपविदेशमन्त्री एन्ड्री सिबिगाको हस्ताक्षर रहेको पत्रमा युक्रेनी प्रतिनिधि कार्यालयहरूले विदेशमा रहेका पुरुषलाई मात्र युक्रेन फर्कन अनुमति दिने कागजात जारी गर्ने उल्लेख छ । यस कदमले विभिन्न प्रकारका प्रशासनिक प्रक्रियाहरू पुरा गर्दै युक्रेनी पुरुषहरूलाई विदेशबाट फर्कन बाध्य पार्नेछ ।

युक्रेनको राहदानी कार्यालयले ‘प्राविधिक कारण’ देखाउँदै विदेशस्थित वाणिज्य दूतावासमा केही कागजात जारी गर्न रोकेको घोषणा गरेको छ । जनशक्तिको अभावमा युक्रेनी सेनाले हालैका महिनाहरूमा लगातार रूसी सेनालाई आफ्नो जमिन छोड्दै पछि हटिरहेको छ ।

रूसले केही समय पहिले पूर्वी शहर अभदाइभ्कालाई कब्जा गरेको थियो र अहिले वरपरका गाउँहरू कब्जा गरिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित