गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने « Khabarhub

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको छ । खानी तथा भूगर्भ विभागको आयोजना तथा संवाहिका समाज नेपालको सहआयोजनामा बुधबार विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभाग लैनचौरमा बृहत् फोटो प्रदर्शनी हुन लागेको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिलाई स्मरण गराउनका लागि विभागले बृहत् फोटो प्रदर्शनी आयोजना गरेको जानकारी दिए ।

उक्त प्रदर्शनीमा भूकम्पले पु¥याएको क्षति र आम जनताले भोग्नुपरेको समस्याबारे ५० चित्र प्रदर्शनी हुनेछन् ।

विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टरस्केलको भूकम्पमा परेर नेपालभर झण्डै १० हजार व्यक्तिले ज्यान गुमाएका थिए । उक्त भूकम्पले कयौँ भौतिक संरचनामा क्षति पुगेको थियो भने हजारौँ सङ्ख्यामा पशु चौपाय मरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ९ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया