दाँत माझ्ने ब्रस शौचालयमा राख्दा हुन सक्छन् यस्ता समस्या ! « Khabarhub

दाँत माझ्ने ब्रस शौचालयमा राख्दा हुन सक्छन् यस्ता समस्या !


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामीले आफ्नो दाँत सफा राख्न हरेक दिन दुई पटक ब्रस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दन्त चिकित्सकका अनुसार हरेक २ देखि ३ महिनामा ब्रस फेर्नुपर्छ ।

प्रायः हामी दाँत माझेपछि ब्रसलाई बाथरुम तथा ट्वाइलेट रुममा राखिदिन्छौँ । तर यस्तो गर्नु मुखको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । खासगरी बाथरुम र शौचालय एकै ठाउँमा छ भने ब्रस त्यहाँ राख्नै हुन्न ।

ब्रस शौचालय वा बाथरुममा राख्न नहुने दन्त चिकित्सकहरू बताउँछन् । शौचालयमा फेकल ब्याक्टेरिया (दिशामा पाइने ब्याक्टेरिया) धेरै हुन्छन । यो हावाबाट ब्रसमा जम्मा हुन थाल्छ । बाथरुम ओसिलो हुन्छ । ओसका कारण ब्रसमा ढुसी पर्ने खतरा हुन्छ ।

शौचालय जोडिएको बाथरुममै राखियो भने पनि फेकल ब्याक्टेरिया ब्रसको माध्यम हुँदै मुखबाट रगतमा पुग्न सक्छ । यसबाट मुखको स्वास्थ्य त बिग्रन्छ नै समग्र स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । अन्य कयौँ प्रकारका सङ्क्रमणले सताउन सक्छ । ब्रस स्ट्यान्ड पनि कहिल्यै शौचालय सिटको नजिक राख्नु हुँदैन ।

शौचालय वा बाथरुममै राख्नु पर्‍यो भने पनि ब्रसलाई सधैँ छोपेर राख्ने गर्नुपर्छ । यसरी ब्रसलाई राम्ररी धोएर छोपेर राख्दा ब्याक्टेरियाबाट धेरै हदसम्म ब्रसलाई जोगाउन मद्दत मिल्छ र प्रयोग गर्नु अघि पानीले राम्ररी धुनु पर्छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : ३९ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा