खेलाडीका साथी जस्तै क्लब मालिक साहरुख | Khabarhub Khabarhub

खेलाडीका साथी जस्तै क्लब मालिक साहरुख


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खेल सुरु हुन केही समय बाँकी थियो। कोलकाताका खेलाडीसँग साहरुख खानको भेट। मंगलबार नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा साहरुख खानको सान फरक थियो। उनको टोली कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादलाई हराउँदै चौथो पटक इन्डियन प्रिमियर लिग (आईपिएल) फाइनलमा प्रवेश गरेको छ।

हैदरावाद माथिको सो जितमा मिचेल स्टार्कको शानदार बलिङ एउटा कारण हो। बैकटेस अय्यर र श्रेयास अय्यरको ब्याटिङसमेत तारिफ योग्य छ। जितमा अन्य खेलाडीको टिम भावना लगाव नियमित छदै छ। तर, त्यसका साथै महत्त्वपूर्ण भूमिका भनेको फ्रेन्चाइजको मालिक समेत रहेका खानको प्रेरणा हो। जसले सधैँ आफ्नो खेलाडीको बचाउ गरे। जस्तो खराब अवस्थामा पनि। अय्यरकै विचारमा साहरुख टोलीका मालिक मात्र होइनन्। सबै खेलाडीका अभिभावक समेत हुन्।

आईपिएलमा हरेक टोलीको आफ्नो महत्त्व र विशेषता छन्। सन् २००८ मा संसारकै प्रतिष्ठित र फरक शैलीको फ्रेन्चाइज लिगको सुरुवात कम कठिन काम होइन। टोली बनाउने र चलाउने कुरा पनि त्यत्तिकै कठिन हो। त्यसै कठिन चुनौतीका बिच कोलकाता तयार भएको हो।

दुई दशक अघि साहरुख खान भारतका सर्वाधिक लोकप्रिय फिल्मी अभिनेता थिए। अहिले पनि उनको लोकप्रियता कम छ भन्ने होइन। तथापि त्यस समयको भन्दा फिल्ममा दबदबा भने छैन। तिनै साहरुखमा अहिले क्लबको सफलतामा जोस छ, जुन फिल्ममा दबदबा हुँदा थियो।

कोलकातामा अहिले केही संयोग जोडिएको छ। पहिलो त साहरुखको क्रिकेट प्रतिको लगावले सबै लाई मोहित पारेको छ। खेलाडीलाई हौसला दिने मात्र होइन सार्वजनिक रूपमा नै आफ्ना खेलाडीको प्रशंसामा उनले समय खर्चने गरेका छन्। उनले बारम्बार अहिले कोलकातामा रहेका हरेक खेलाडी त्यत्तिकै मिलनसार र टिम भावना भएको बताउँदै आएका छन्। यस सिजनको आईपिएल सुरु हुने बित्तिकै उनले रिंकु सिंह मध्यम क्रमका उत्कृष्ट ब्याट्सम्यान भएको दाबी गर्दै सिंह आसन्न टी–२० विश्वकपमा भारतीय राष्ट्रिय क्रिकेट टोलीको जर्सी भिर्न योग्य भएको सार्वजनिक रूपमा नै भन्दै आएका थिए। सिंह वैकल्पिक खेलाडीको रूपमा टोलीमा समावेश भएका छन्।

कोलकाताले अहिले मेन्टरको रूपमा गौतम गम्भीरलाई पाएको छ। गम्भीरकै नेतृत्वमा कोलकाताले सन् २०१२ र २०१४ का उपाधि जितेको थियो। कोलकाताको यो आईपिएलमा अहिलेसम्मको प्रदर्शनलाई आधार मानेर धेरै जनाले उनी भारतीय राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकका लागि उपयुक्त भएको बताउँदै आएका छन्।

चौथो पटक फाइनल प्रवेश गरेको कोलकाताले सन् २०२१ मा भने फाइनलमा चेन्नाइ सुपर किङ्ससँग हारको सामना गरेको थियो।। यस सिजनको उपाधिको लागि सो टोलीले आउँदो आइतबार खेल्ने छ। फाइनल खेल्ने प्रतिद्वन्द्वीको टुङ्गो शुक्रबार हुने हैदरावाद र राजस्थान रोयल्स बिचको खेलले लगाउने छ।

अहिले खेली रहेका धेरै टोलीका मालिकको मूल पेसा नै व्यापार हो। इन्डिया सिमेन्टका प्रोप्राइटर एन श्रीभानसन चेन्नाइका मालिक हुन्। जिएम ग्रुप तथा जिएसएस ग्रुपका प्रोप्राइटर पार्थ जिन्दल दिल्ली क्यापिटलका साहु हुन्।

अभिनेतृ प्रीति जिन्टाको साथमा नेस वाडिया, मोहित बर्मन र करण पाउल पन्जाब किङ्सका साहुजी हुन्। रिलायन्स इन्डस्ट्रीजका साहु मुकेश अम्बानी हुन्। कोलाकाताका साहु साहरुखका साथमा जुही चावला र जय मेहता छन्।

हैदरावादका मालिक कुलानिधी मरण हुन। मरण सन टिभी नेटवर्कका साहुजी हुन्। ब्लेनहियम चलकोटका साहुजी मनोज गडाले राजस्थानका साहुजी हुन्। यसै गरी, डा. सञ्जीव गोयन्का आरपी सञ्जीव गोयन्का समूहका प्रोप्राइटर हुन्।

युनाइटेड स्पिरिटको स्वामीत्वमा रोयल च्यालेन्जर र्बैग्लोरु छ। युनाइटेड स्पिरिट लीक्वीर उत्पादक कम्पनी हो। सिभीसी क्यापिटल मार्केटको स्वामित्वमा गुजरात टाइटन छ। सिभिसी जर्मनीको लगानी कम्पनी हो। यसको चासो संसारका अन्य देशको खेलकुदमा समेत छ। इङ्गल्यान्डको रग्बी युनियन लिगको समेत एउटा महत्त्वपूर्ण हिस्सेदार रहेको सो कम्पनी संसारका अन्य धेरै क्षेत्रमा लगानी गर्न इच्छुक छ।

कोलाकोता अहिलेको फाइनलसम्मको यात्रामा म्यान अफ द सिरिजको दौडमा समेत सबैभन्दा अघि रहेका सुनिल नारायणको भूमिका प्रमुख छ। एक दशक भन्दा बढी समय कोलकातामा बिताएका नारायण ब्याटिङमा यो सिजन सबै भन्दा धेरै फर्ममा छन्। उनले लगातार छक्का प्रहार गर्न थालेपछि साहरुखले नारायणलाई सुपर म्यानको संज्ञा दिएका छन्।

नारायण नै यस्ता खेलाडी हुन् जसले ब्याटिङ गर्न सक्छन्, बलिङ गर्न सक्छन्, विकेट किपिङ गर्न सक्छन् र फिल्डिङमा पनि राम्रो छन्।

उनले नारायण र अर्का क्यारेबियन खेलाडी आन्द्रे रसेलको चर्चा गर्दै यी कोही घाइते भए आफ्नो शरीरमा नै गहिरो चोट लागेको महसुस हुने बताएका थिए। उनले ती दुवै खेलाडी एउटा मुख्य अंश भएको बताएका छन्।

आईपिएलको सुरुवातमा कोलकातामा अर्का वेस्ट इन्डियन क्रिस गेल थिए। केही सिजन त्यस टोलीमा बिताएपछि गेल रोयल च्यालेन्जर बैंग्लोरु पुगेका थिए। अहिले भएका नारायण र रसेल उही स्वभावका भएको साहरुखको मत छ। उनले रसेल र रिंकुको मित्रता पनि त्यत्तिकै गहिरो भएको बताउँदै त्यसले खेलमा समेत प्रभाव पारेको बताएका छन्।

आगामी फाइनल कस्तो रहने भन्ने टुङ्गो छैन। फाइनलमा कोलाकोला भिडन्त कोसँग हुने भन्ने पनि अनिश्चित नै छ। राजस्थानसँग कोलकाताले यस अघि एक खेलमा भिडेको थियो। सो खेलमा जोस बटलरको शतकमा राजस्थान विजयी भएको थियो। लिग चरणको दोस्रो खेल वर्षाले अवरुद्ध भएको थियो।

कोलकाताले हैदरावादसँग दुई खेल खेलेको छ। लिग चरणमा मुस्किलले जित हात पारेको कोलकाताले पहिलो क्वालीफायरमा फराकिलो अन्तरमा जित हात पारेको छ। विपक्षीलाई १५९ मा रोकेको कोलकाताले ३८ बल बाँकी रहला लक्ष्य पुरा गरेको थियो।

यो सिजनको आईपिएलमा कोलकाताले पछिल्ला खेलमा लगातार सफलता पाउँदै आएको छ। यो सफलतामा खेलाडीको प्रदर्शन त भइनै हाल्यो, मेन्टर गम्भीर र मालिक साहरुखको प्रेरणा र उत्साह उत्तिकै महत्त्वपूर्ण छ।


स्रोत : हिन्दु, इन्डिया टुडे, जागरण घोष, क्रिक इन्फो

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : १४ बजे

थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

काठमाडौं– थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग

सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

गर्मीसँगै डेंगुको संक्रमण बढ्दै, बच्न के गर्ने ?

गर्मी सँगसँगै पानी पर्न थालेपछि लामखुट्टेको सङ्ख्या बढ्दै गएको छ।

युरोकप : अल्बानीयामाथि इटालीको जित

काठमाडौं– युरोकप फुटबल २०२४ मा साबिक विजेता इटाली विजयी सुरुवात