‘जैविक विविधता संरक्षणमा चुनौती’ « Khabarhub

‘जैविक विविधता संरक्षणमा चुनौती’


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वन डढेलो, अतिक्रमण, फँडानी, चोरी सिकारलगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित कृष्णबैजनाथ बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणकरणसम्बन्धी एकदिने तालिममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले मानवीय आवश्यकता बढ्दै जाँदा वन क्षेत्र घट्दै जानु चिन्ताको विषय भएको बताए ।

देशमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा वन अतिक्रमण भएको चर्चा गर्दै उनले त्यसबाट वन्यजन्तुको बासस्थान तथा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले जैविक विविधता संरक्षणका लागि विद्यालयस्तरबाटै चेतना जगाउनुपर्ने विचार व्यक्त गरे ।

क्याम्पसका उपप्रमुख भवराज निरौलाले निकुञ्ज, संरक्षित क्षेत्रलगायत प्राकृतिकस्थलमा बस्ने जीवजन्तुलाई मात्र संरक्षण गरेर नहुने भएकाले चरन क्षेत्रमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनप्रति पनि धयान दिनुपर्ने बताए ।

क्याम्पस व्यवस्थापन समितिका सदस्य शेरबहादुर साउदले वन माथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिए ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : ३५ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको