राष्ट्रियसभा अध्यक्ष दाहालबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना « Khabarhub

राष्ट्रियसभा अध्यक्ष दाहालबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना


१० जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभरका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, अध्यक्ष दाहालले किराँत समुदायको पर्व उँभौलीका अवसरमा पनि शुभकामना सन्देश जारी गरी सबै वर्ग, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भन्ने कामना  गरेका छन् ।

सन्देशमा उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र भएको र संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ९ : ५३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ