मुद्धाको किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने « Khabarhub

मुद्धाको किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने


१० जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारका कामकारबाही प्रति आपत्ति प्रकट गरेको छ ।

दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आज एक विज्ञप्ति जारी गरी प्रदेश सरकारविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा प्रदेशसभाको अधिवेशन आह्वान गरिएकोमा आपत्ति जनाएका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध सर्वोच्चमा दायर रिटमा सर्वोच्चले प्रदेश सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको अवस्थामा शुक्रबार (जेठ ११ गते) प्रदेशसभा आह्वान गर्नु अदालतको अवहेलना हुने कांग्रेसको ठहर छ ।

प्रदेश सरकारले आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने उद्देश्यले  शुक्रबार दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरेको छ ।

उक्त मुद्दामा निरन्तर सुनुवाइ भइरहेकाले मुद्दाको टुंगो नलागेसम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनैपनि कार्यमा नेपाली कांग्रेसको सहभागीता नरहने जनाएको छ ।

अदालतको आदेश विपरितका कार्य भएमा कांग्रेस संसदीय दललाई मान्य नहुने र त्यसबाट उत्पन्न परिस्थितिको स्वयं सरकार र आदेश उलंघन गर्ने पक्ष नै जिम्मेवार हुने कांग्रेसले चेतावनी दिएको छ ।

गत वैशाख २३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखले ६० सदस्यीय प्रदेशसभामा ३० जनाको समर्थनलाई नै बहुमत प्राप्त गरेको भनि घोषणा गरेको प्रक्रिया विरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको