कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण  « Khabarhub

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण 


१० जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाकाे पक्राउप्रति निजी क्षेत्रका तीनवटै छाता संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

आफू‌माथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानविनमा सघाउने प्रतिवद्धता जनाएका सिरोहियालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई नीजी क्षेत्रले समेत गम्भीरतापूर्वक लिएको छ ।

कुनै पनि विषयमा उजुरी परेको भरमा कार्यकक्षमै पुगेर पक्राउ गर्ने कार्यले नकरात्मक सन्देश दिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उजुरीकै भरमा उद्योगी व्यवसायी जो कोहीलाई थुनिहाल्ने नभएर उनीहरूका कुरा सुनिदिनुपर्ने निजी क्षेत्रको ठहर छ । विज्ञप्तिमा  यस्ता कार्यले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल घट्नेतर्फ राज्य सचेत हुनुपर्ने उल्लेख गरिएको छ । 

प्रहरीले अध्यक्ष सिरोहियालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको थियाे । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई पक्राउ गरेको थियाे ।

 

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १ : ०२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर