‘फर्कीफर्की’ को प्रिमियर – फिल्मबारे के भन्छन् कलाकार ? « Khabarhub

‘फर्कीफर्की’ को प्रिमियर – फिल्मबारे के भन्छन् कलाकार ?


१० जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनमोल केसी स्टारर फिल्म ‘फर्कीफर्की’को भव्य तामझाम साथ कमलपोखरीस्थित एक हलमा बुधबार साँझ प्रिमियर शो सम्पन्न भएको छ । बलिगार्डको सुरक्षा घेरा लिएर अनमोल प्रिमियरमा उपस्थित भएका थिए । 

फिल्मकी नायिका जसिता गुरुङ र अनमोलले लगाएको ‘म्याचिङ ड्रेस’ पनि प्रिमियरको अर्को आकर्षण बनेको थियो । यो रिल जोडी पनि प्रशंसाको केन्द्र बन्यो । 

प्रिमियरमा सिनेकर्मीको बाक्लो उपस्थिति थियो । वरिष्ठदेखि कनिष्ठ सिनेकर्मीको उपस्थितिलाई अनमोलको ‘स्डारडम’ कारक भन्न सकिन्छ ।

अनमोलको यो फिल्मले युवापुस्ताका दर्शकलाई केन्द्रित गर्न सक्छ । ‘टाइम लुप’ आधारित प्रेम कथामा फिल्म बनेको छ । प्रिमियरपछि सिनेकर्मीले प्राविधिक रूपमा सशक्त फिल्म बनाउन लेखक तथा निर्देशक सुयोग गुरुङ सफल भएको प्रतिक्रिया दिए । 

‘छड्के–२’ को असफतापछि अनमोलको यो पहिलो फिल्म हो । यसलाई केहीले अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्मको संज्ञा पनि दिएका छन् । त्यस अर्थमा यो उनको ‘कमब्याक फिल्म’ सावित हुने धेरैको अनुमान छ । 

प्रिमियरमा हरिवंश आचार्य, दीपकराज गिरी, किरण केसी (राता मकै), बसुन्धारा भुसाल, गौरी मल्ल र दीपाश्री निरौला लगायत कलाकारको बाक्लो उपस्थिति थियो । 

कसले के भने ?
वरिष्ठ कलाकार हरिवंश आचार्यले प्राविधिक रूपमा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिए । उनले यसलाई विदेशी फिल्मसँग तुलना गर्न मिल्ने बताए । 

उनले भने, ‘सेट डिजाइन नै महँगो देखिन्छ । जापानिज र कोरियन फिल्मसँग दाँज्न मिल्छ ।’ अभिनयको पाटोमा प्रतिक्रिया दिने क्रममा उनले अनमोलले पहिले भन्दा यसमा निकै मिहेनत गरेको महसुस भएको बताए ।

कलाकार केदार घिमिरे (माग्ने बूढा) ले समग्र फिल्म राम्रो बनेको भन्दै फिल्म खिचेको ‘लोकसन’ चित्त बुझेको प्रतिक्रिया दिए ।

कलाकार किरण केसी (राता मकै)ले फिल्म राम्रो ‘फिनिसिङ’ भएर निस्किएको आभाष भएको प्रतिक्रिया दिए । यो फिल्मले ‘अनमोलको अभिनय कमजोर छ’ भन्ने आरोप हट्ने उनको विश्वास छ । 

निर्माता एवं कलाकार दीपकराज गिरीको नजर भने फिल्ममा गरिएको लगानीमा केन्द्रित भएको पाइयो । छोटो प्रतिक्रिया दिँदै उनले फिल्म रमाइलो र पर्याप्त लगानीमा बनेको बताए । 

निर्देशक एवं कलाकार दीपाश्री निरौलाले भने फरक स्वादको फिल्म पस्कन लेखक तथा निर्देशक सुयोग गुरुङ सफल भएको प्रतिक्रिया दिइन् । उनले थपिन्, ‘युवापुस्ताका दर्शकका लागि राम्रो छ यो सिनेमा ।’

फिल्म हेर्दै गर्दा मोडल एवं नायिका नीति शाहले भने कोरियन ड्रामा हेरेको महसुस भएको प्रतिक्रिया दिइन् । ‘फिल्ममा केही नयाँ छ,’ उनले भनिन् ।

अन्त्यमा, फिल्मको प्रिमियरमा कलाकारबाट सही प्रतिक्रिया आउँदैन भन्ने भाष्य निर्माण भएको छ । आजबाट प्रदर्शनमा आएको यो फिल्म वास्तवमै राम्रो छ-छैन, हलमा दर्शकको उपस्थितिले भने प्रष्ट पार्नेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  २ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया