ओलीले भने : सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन | Khabarhub Khabarhub

ओलीले भने : सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन

फौजदारी मुद्दामा एक व्यक्ति पक्राउ पर्दा डेमोक्रेसी तलमाथि नहुने जवाफ


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहियालाई समाचारको विषयमा पक्राउ नगरिएको जवाफ दिएका छन् ।

झापा–५ अन्तर्गत एमाले दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई बिहीबार उद्घाटनका क्रममा ‌पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका छन् ।

‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यही भइराखेको छ । त्यसो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर चर्चा भइरहेको छ,’ ओलीले अगाडि भने, ‘कुनै पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित गरियो ? किन यस्तो बोल्यो भन्ने विषय होइन, सिरोहिया पक्राउ प्रकरण । विषय त अर्कै छ । फौजदारी कुरा होला त्यो त। यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो…., त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ ।’

उनले फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने पनि बताए ।

‘नेता, मन्त्री र प्रधानमन्त्री समात्दादा, अनेक हुँदा कराउन, दुनियाँ गर्नु नपर्ने ! डेमोक्रेसी कसरी खतरामा पर्‍यो त ? मिडिया हाउसका एकजना मान्छे पक्राउ परे । सही या गलत के भयो भयो, म त्यता जान्न । समय ठिक भयो, भएन ? त्यो अर्कै कुरा भयो । सरकारले छानबिन गर्दा हल्ला गरिरहनुपर्ने जरुरी छैन ।’

अधिवेशन उद्घान कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले जनताको मन जित्ने गरी एकता बनाएर अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा नेतृत्व गुमाउन पुगेको बताए । ओलीले अब एमालेलाई दमकमा पराजित हुने छुट नभएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ३ : ३८ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली