सहकारी प्रकरण : सहमति खोज्न तीन दिनपछि सिंहदरबारमा कार्यदल बैठक | Khabarhub Khabarhub

सहकारी प्रकरण : सहमति खोज्न तीन दिनपछि सिंहदरबारमा कार्यदल बैठक


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

अपरान्ह पौने ४ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।

सहकारी ठगी प्रकरणलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुवै संसदीय छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे कुरा मिल्न सकेको छैन । छानबिन समितिको टीओआरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने पक्षमा कांग्रेस छ ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा संलग्न रहेकाले नामै तोकेर समिति बनाउनु पर्ने अडान लिएको छ । उनी पोखरा र बुटवलसहितका ठूला सहरका सहकारीको करोडौं रुपैयाँ अपचलनमा मुछिएको आरोप कांग्रेसको छ ।

तर सत्ता पक्ष नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी भने  कांग्रेसको मागमा सहमत नहुँदा समाधान निस्किन सकेको छैन । मंगलबार बसेको कार्यदल बैठक निष्कर्षविहीन भएको थियो ।

सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा संसद् बैठक पनि निरन्तर अवरुद्ध भइरहेको छ । तीन दिनपछि बसेको कार्यदलको बैठकले संसदीय समितिको टीओआरलाई अन्तिम रुप दिने कोसिस गर्ने भएको छ ।

सहकारी ठगी प्रकरणमा समस्या समाधानका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ ।

जसमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य छन् । यस्तै, बैठकमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।

यसमा एमालेबाट गिरीसहित प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार सदस्य छन् ।

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ३ : ५८ बजे

जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा समभापति रहेको संसदीय

पुल बनाउन खनेको खाल्टोमा डुबेका बालकको शव फेला

पोखरा– कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश

काठमाडौं– नेपाल सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा

जेरुसेलम– इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी

जलेश्वर– जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला