तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज « Khabarhub

तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज


१० जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुमपश्चिमको आठबिसकोट–४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदीमाथिको बेलिब्रिज उद्घाटन भएको छ ।

 केही दिनअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको बेलिब्रिज पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले औपचारिक उद्घाटन गरेका थिए ।

सांसद शर्माले तीन देश (भारत, नेपाल र चीन)को लाइफलाइनका रूपमा रहेको भेरी करिडोरमा निर्माण भएको यो पुलले यहाँको यातायात सेवालाई थप सहज र भरपर्दो बनाएको बताए। 

उनले भेरी करिडोरमा निर्माणाधीन अन्य पुलको निर्माणसमेत समयमा सकिनुपर्ने बताउँदै सबै पुल निर्माण भएमा जाजरकोट, रुकुमपश्चिम र डोल्पाको यातायात सेवा थप प्रभावकारी हुनुका साथै तीन देशलाई जोड्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गत वर्षको वैशाख ७ गते निर्माण अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिएको थियो । लापरबाहीपूर्ण तरिकाले पुलमा क्रेन चढाउँदा पुल भाँचिदा पुल निर्माण गरिरहेका भारतको बहराइचका दुईजना कामदारको मृत्यु भएको थियो भने सातजना कामदार घाइते भएका थिए । 

त्यसपछि पुल निर्माण अलपत्र परेको थियो । तर यति विल्डर्स निर्माण कम्पनीले पुल निर्माणमा लगानी गरेपछि निर्माण सम्पन्न भएको छ । पुल भाँचिएपछि निर्माण सम्पन्न गर्न रु ६५ लाख खर्च भएको यती विल्डर्सका अध्यक्ष भीमराज केसीले बताए ।

सुरुमा पुल निर्माणको जिम्मा विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले  तीन करोड ८१ लाखमा लिएको थियो । यो  बेलिब्रिजको गत शुक्रबार भेरी करिडोर कार्यालयको प्राविधिक टोलीले भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । त्यसपछि शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको थियो । यो बेलिब्रिजले २५ टन थेग्नसक्ने क्षमताको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको बताए । 

साथै भेरी करिडोरको यातायात सेवा थप सहज बनेको छ । यसबाट जाजरकोट, रुकुमपश्चिम र डोल्पाका हजारौँ नागरिक लाभान्वित भएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ४ : १९ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान