तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज « Khabarhub

तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगररुकुमपश्चिमको आठबिसकोट–४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदीमाथिको बेलिब्रिज उद्घाटन भएको छ ।

 केही दिनअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको बेलिब्रिज पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले औपचारिक उद्घाटन गरेका थिए ।

सांसद शर्माले तीन देश (भारत, नेपाल र चीन)को लाइफलाइनका रूपमा रहेको भेरी करिडोरमा निर्माण भएको यो पुलले यहाँको यातायात सेवालाई थप सहज र भरपर्दो बनाएको बताए। 

उनले भेरी करिडोरमा निर्माणाधीन अन्य पुलको निर्माणसमेत समयमा सकिनुपर्ने बताउँदै सबै पुल निर्माण भएमा जाजरकोट, रुकुमपश्चिम र डोल्पाको यातायात सेवा थप प्रभावकारी हुनुका साथै तीन देशलाई जोड्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गत वर्षको वैशाख ७ गते निर्माण अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिएको थियो । लापरबाहीपूर्ण तरिकाले पुलमा क्रेन चढाउँदा पुल भाँचिदा पुल निर्माण गरिरहेका भारतको बहराइचका दुईजना कामदारको मृत्यु भएको थियो भने सातजना कामदार घाइते भएका थिए । 

त्यसपछि पुल निर्माण अलपत्र परेको थियो । तर यति विल्डर्स निर्माण कम्पनीले पुल निर्माणमा लगानी गरेपछि निर्माण सम्पन्न भएको छ । पुल भाँचिएपछि निर्माण सम्पन्न गर्न रु ६५ लाख खर्च भएको यती विल्डर्सका अध्यक्ष भीमराज केसीले बताए ।

सुरुमा पुल निर्माणको जिम्मा विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले  तीन करोड ८१ लाखमा लिएको थियो । यो  बेलिब्रिजको गत शुक्रबार भेरी करिडोर कार्यालयको प्राविधिक टोलीले भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । त्यसपछि शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको थियो । यो बेलिब्रिजले २५ टन थेग्नसक्ने क्षमताको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको बताए । 

साथै भेरी करिडोरको यातायात सेवा थप सहज बनेको छ । यसबाट जाजरकोट, रुकुमपश्चिम र डोल्पाका हजारौँ नागरिक लाभान्वित भएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ४ : १९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच