आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि « Khabarhub

आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि


१० जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबारका लागि घोषणा गरेको प्रदर्शनका लागि १५ जना प्रतिनिधि खटाएको छ ।

संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको कांग्रेसले आइतबार भृकुटीमण्डपमा हुने प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरु खटाएको हो ।

कांग्रेसले काठमाडौं– १ मा केन्द्रीय सदस्य अब्दुल सतार, २ मा सीता थपलिया (उर्मिला), ३ मा रंगमति शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर र ६ मा गुरु बराललाई खटाएको छ ।

यस्तै काठमाडौं ७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईंलाई प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ ।

ललितपुर १ मा सह-महामन्त्री उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशी खटिएका छन् । उता भक्तपुर १ मा इन्द्र बानियाँ र २ मा गणेश लामा खटिएका छन् ।

काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आइतबार दिउँसो २ बजेका लागि घोषित सरकारविरुद्धको प्रदर्शनमा जनसहभागिता बढाउन केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रमा खटाइएको कांग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ४ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा