धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु | Khabarhub Khabarhub

धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मजदुर रहेका छन् । 

गणेशमान चारनाथ नगरपालिका-४, भरतपुरमा इनार सफा गर्ने क्रममा आज ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार इनारभित्र पसेर सफा गर्ने क्रममा निस्सासिएर उनको मृत्यु भएको हो । 

रघुनाथपुर सशस्त्र वेस क्याम्पका सशस्त्र प्रहरीको सहयोगमा झण्डै ४० मिटर गहिरो उक्त इनारबाट शर्माको शव निकालिएको थियो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । 

यसैगरी गोदारस्थित कमला स्टोन क्रसर उद्योगमा कार्यरत गणेशमान चारनाथ नगरपालिका–४ का २० वर्षीय अर्जुन यादवको मृत्यु भएको छ । बुधबार राति क्रसर उद्योगको फित्तामा बेरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक साहले जानकारी दिए।

उक्त घटनामा सोही क्रसरमा काम गर्ने बाराको निजगढका ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन् । उनको गोदारस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : १५ बजे

क्रिकेटमा बोल्ट युगपछिको न्युजिल्यान्ड

युगान्डा विरुद्धको खेलमा ७ रन दिएर उनले २ विकेट लिए।

कुरिलोखेतीबाट एकै याममा सात लाख आम्दानी

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात

तनहुँको निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

तनहुँ– तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं– गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको

भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै

काठमाडौं– भारत र अमेरिकी अधिकारीहरुले दुई मुलुकबीच रक्षा सहकार्य थप