दर्शकको घेरामा आर्यन र प्रदीप, फ्यानले किन लगाए नारा ? | Khabarhub Khabarhub

दर्शकको घेरामा आर्यन र प्रदीप, फ्यानले किन लगाए नारा ?

पहिलो शोमा देखिएनन् पल शाह


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट दुई फिल्म प्रदर्शनमा आएका छन् पुजार सार्की र फर्कीफर्की । काठमाडौंमा अनमोल केसी स्टाटर फिल्म ‘फर्कीफर्की’को भव्य प्रिमियर गरियो । तर मल्टीस्टारर फिल्म पुजार सार्कीको प्रिमियर भएन ।

पुजार सार्कीले बिहीबार बिहान ‘प्रेस शो’ गरेको थियो । ट्रेलरमा जस्तै फिल्ममा पनि प्रदीप खड्का नै हाबी छन् । दर्शकलाई उनी नै फिल्मको केन्द्रीय कलाकार महसुस हुने पक्का छ । यद्यपि उनले ‘मैतबहादुर’ पात्रलाई अभिनयमार्फत न्याय गरेका छन् ।

जातीय छुवाछुतविरुद्धको कथामा दर्शकले ‘कमेडी’ खुराक पस्किन निर्देशक दिनेश राउतले सक्दो प्रयास गरेका छन् ।

फिल्मका मुख्य कलाकारहरू भने दर्शकहरूलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन कमलकोपोखरीस्थित ‘बिग मुभिज’मा पुगेका थिए ।

फिल्मको पहिलो शो हेरेका दर्शकलाई भेट्न नायक आर्यन सिग्देल, प्रदीप खड्का, नायिका अञ्जना बराइली र परीक्षा लिम्बूसहित हलमा पुग्दा पल शाह अनुपस्थित थिए । उनी कार्यव्यस्ताले अनुपस्थित रहेको लेखक विकास सुवेदीले खबरहबलाई जानकारी दिए ।

फिल्म हेरेर दर्शक खुसी मुद्रामा हल बाहिर निस्किएका थिए । उनीहरूले प्रदीपको अभिनयको प्रशंसा गरे । साथै आर्यनलाई फरक भूमिकामा देख्न पाउँदा रमाइलो लागेको बताए ।

कलाकारको टोली देख्नेबित्तिकै दर्शकको भीड नियन्त्रण गर्नै हम्मे-हम्मे भयो । एक टोलीले आर्यन र अर्को टोलीले प्रदीपलाई घेरे । आफ्ना आइडल कलाकारसँग उनीहरू फोटो खिच्न तँछाडमछाड गरे । दर्शकको भीडबाट कलाकार जोगाउन निर्माण पक्षलाई हम्मे-हम्मे परेको थियो ।

प्रदीप फिल्ममा मैतबहादुर अर्थात् दलित युवाको भूमिकामा छन् । उनका समर्थकले जातीय विभेदविरुद्ध नाराबाजीसमेत गरे ।

पहिलो शो हरेका कलाकारले दर्शकबाट यस्तो साथ पाउनलाई निर्देशक राउतले फिल्मको सुखद सुरुवातका रूपमा लिएका छन् ।

उनले भने, ‘यो साथ लामै समयसम्म पाउने अपेक्षा छ । पहिलो शोबाट फिल्मका कलाकारले यस्तो माया पाउनु सुखद संकेत हो ।’

हेर्नुहोस् केही तस्बिरहरु : 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ७ : ०७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले