संसद् खुलाउन एकीकृत समाजवादीले सत्ता र प्रतिपक्षसँग छलफल गर्ने « Khabarhub

संसद् खुलाउन एकीकृत समाजवादीले सत्ता र प्रतिपक्षसँग छलफल गर्ने


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले लामो समयदेखि संघीय संसद्मा देखिएको अवरोध खुलाउन पहल थाल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको ८२औँ सचिवालय बैठकले सहकारीको बचत हिनामिना, दुरुपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको प्रतिपक्षी नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसहितसँग छलफल गर्ने निर्णय गरेको हो ।

यस्तै एकीकृत समाजवादीको यो बैठकले १० औँ महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।

सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : ५९ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा