एमाले र रास्वपाको दाबी रविको नाम नराख्न कांग्रेस लचक भयो « Khabarhub

एमाले र रास्वपाको दाबी रविको नाम नराख्न कांग्रेस लचक भयो


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बनेको कार्यदलको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लचक भएको दाबी सत्ता पक्षले गरेको छ।

अपरान्ह पौने ४ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठकमा रविको नाम नलेख्ने कुरामा कांग्रेस लचक भएको दाबी दुई दलले गरेका हुन् ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आजको बैठक भोलि बिहान सहमति गर्ने गरी सकिएको बताएका छन् ।

‘भोलि सहमति गर्ने सहमति भएको छ। भोलि बिहान ८:३० बजे कार्यदलको बैठकमा सहमति गरेर ११ बजे हाउस चल्छ’, उनले भने, ‘कांग्रेसले संसद्‍मा लामो समयदेखि अशान्ति मच्चाइरहेकाले शान्ति ल्याउने कोसिस भइरहेको छ । भोलि टुंगो लगाउने गरी नजिक पुग्यौँ । कांग्रेसले नाम नै किटान गर्नुपर्छ भन्ने कुरामा केही लचक भयो ।’

उनले सहकारीका नाममा भइरहेको आन्दोलन टुंगोका लागि फेस सेभिङका उपाय खोजिएको बताए । ‘बेलुका उहाँहरूले पनि शीर्ष नेताहरूसँग छलफल गर्नु हुन्छ। हामी पनि छलफल गर्छौँ’, बर्तौलाले भने, ‘सहकारीका नामहरू राख्न कुनै समस्या छैन । नाम नराख्ने विषयमा प्रमुख प्रतिपक्षी केही लचक भएको पाएका छौँ । भोलिको बैठक अन्तिम हुन सक्छ। भोलि नै ११ बजे हाउस खुल्न सक्छ ।’

बर्तौलाले केही सहकारीका विषयमा विवाद नरहेको बताए । ‘रवि लामिछाने जोडिएका सूर्यदशर्न सहकारी, सुप्रिप सहकारी, स्वर्णलक्ष्मी र सानोपाइलाबारे प्रश्न उठे। तिनको नाम राख्न समस्या भएन’, उनले भने, ‘छानबिनभन्दा पहिले नै फलानो व्यक्ति दोषी हो भनेर जानु हुँदैन भनेका छौँ । त्यसमा कांग्रेस पनि फेस सेभिङका लागि तयार छ ।’

केही सहकारीमाथि अपचलनको आरोप लागेकाले तिनको नाम राख्ने कुरामा समस्या नरहेको उनले बताए । ‘सहकारी ठगीमा गृहमन्त्री मात्रै संलग्न रहेको भनेर उहाँलाई सुरुमै दोषी देखाएर जानु राम्रो होइन’, उनले भने, ‘यदि छानबिनका क्रममा दोषी देखिए कारबाही गर्न राज्यका निकाय छँदैछन् ।’

उता रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि आफूहरू छानबिनका लागि कुनै व्यक्तिको नाम उल्लेख नगर्ने पक्षमा यथावत रहेको बताउँछन् ।

‘हामी त सुरुबाटै नाम उल्लेख नगरौँ भन्ने पक्षमा छौँ । छानबिनको सुरुदेखि नै व्यक्तिकेन्द्रित हुँदा न्यायोचित हुँदैन भनेका हौँ’, उनले भने, ‘सदनमा यसबारे प्रमुख प्रतिपक्षले आवाज उठाइरहेकाले हामीले कुरा राखेका छौँ । कांग्रेस थप छलफल गर्ने गरी गएको छ। समग्र रुपमा हामी सहमतिनजिक आइसकेका छौँ ।’

छानबिन समितिको टीओआरमा कसैको नाम नराख्ने विषयमा कार्यदलका सदस्यले कांग्रेस नेतृत्वसँग सोधेर जवाफ दिने बताएको उनले जानकारी दिए । ‘कांग्रेसले नेतृत्वसँग छलफल गरेर जवाफ दिन्छौँ भनेर जानु भएको छ’, उनले भने, ‘सम्भवत: भोलि बिहान कार्यदलको बैठक अन्तिम हुन सक्छ ।’

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल