जर्मनका राष्ट्रपतिले गरे राजनीतिक ‘हिंसा’ को निन्दा « Khabarhub

जर्मनका राष्ट्रपतिले गरे राजनीतिक ‘हिंसा’ को निन्दा


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन राष्ट्रपति फ्रांक-वाल्टर स्टिनमियरले बिहीबार कार्यस्थलमा वा अभियानका क्रममा राजनीतिज्ञहरूमाथि बढ्दो आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । 

जर्मन संविधानको ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामीले राजनीतिक विचारहरूको लडाइँमा कहिले पनि हिंसाको बानी बसाल्दैनन् ।’ सन् १९४९ मा जारी गरिएको मूल कानून दोस्रो विश्वयुद्धको समयमा जर्मनीको राजनीतिक हिंसाको अनुभवको प्रतिक्रिया भएको उनले बताए । 

उनले जर्मनीमा राजनीतिक हिंसाको खतरा पुनः बढिरहेको बताए । प्रहरीले यसै महिना एउटा सार्वजनिक पुस्तकालयको भ्रमणका क्रममा बर्लिनका पूर्वमेयरमाथि आक्रमण गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । 

हाल बर्लिन राज्यका अर्थमन्त्री र सत्तारूढ सोसल डेमोक्रेटिक पार्टी (एसपिडी) का सदस्य फ्रान्जिस्का गिफीलाई सामान्य चोटपटक लागेपछि अस्पतालमा उपचार गरिएको थियो । 

एसपीडीका सदस्य तथा युरोपेली संसद् सदस्यलाई बाहिर प्रचार गरिरहेका बेला चार व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना भएको केही दिनपछि गिफीमाथि आक्रमण भएको छ । 

हालका महिनाहरूमा सरकारका वरिष्ठ सदस्यहरूले पनि आक्रोशयुक्त भीडको सामना गर्नुपरेको छ । यसमा अर्थमन्त्री रोबर्ट ह्याबेकलाई प्रदर्शनकारीहरूको एउटा समूहले नौका छाड्न रोकेका थिए । 

यो साता जर्मन संसद्मा आक्रमण गर्ने र सरकारलाई फाल्ने योजना बनाएको भनिएको समूहका कथित प्रमुख नेताहरूविरुद्ध पनि कारबाही खुला भएको देखिएको छ । 

अभियोजकहरूका अनुसार आधुनिक जर्मन गणतन्त्रको वैधानिकतालाई अस्वीकार गर्ने कथित रिचस्बर्गरको समूहले कथितरूपमा सांसदहरूलाई बन्धक बनाउने योजना बनाएको थियो र समाप्त गर्नका लागि ‘शत्रुहरूको सूची’ तयार गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ७ : १८ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को