आज २०८१ साल असार ९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ९ गते आइतबारको राशिफल


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ९ गते आइतबार तदनुसार सन् २०२४ जुन २३ तारिख। असार कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय एकल महिला दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। संकटमा साथ दिन परिवारका सदस्य आइपुग्ने योग छ। लगानी र श्रम भएका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ।

वृष : खाइरहेको सुविधा नै खोसिने जोखिम देखिन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने दिन छ।

मिथुन : समय राम्रो छ। मन शान्त हुनेछ। दिन रमाइलोसँगले बित्नेछ। लामो समय रोकिएको काम बन्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुने दिन छ। राजनीतिक क्षेत्रमा मन गएमा सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन चुनौतीपूर्ण छ। आरोप प्रत्यारोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानीका स्रोत थप्नुभन्दा भएको सम्पत्ति जोगाउनु राम्रो हुनेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुने दिन छ।

सिंह : बलले भन्दा बुद्धिले काम सफल बन्नेछ। राजनीतिक संगठनमा रुचि बढ्नेछ। नयाँ ठाउँको यात्राले मनमा उत्साह थप्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा लक्ष्यमा पुग्ने योग छ।

कन्या : अप्रिय शब्द सुन्नुपर्ने हुनसक्छ। खानपानमा समस्या हुनसक्छ। श्रम गरेको क्षेत्रमा फाइदा हुनेछ। न्यायको क्षेत्रबाट सफलता प्राप्त हुनेछ। आफन्तको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

तुला : समय राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम दुवै प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने फाइदा हुनेछ।

वृश्चिक : पुराना मित्रबाट उचित सल्लाह प्राप्त हुनेछ। नयाँ लगानी गर्नु भन्दा भएको सम्पत्तिको व्यवस्थापन गर्नु राम्रो हुनेछ। परिवारमा गोपनीयता खोल्दा धोखा हुनेछ। आफ्नो काम चुपचाप गर्नु राम्रो हुनेछ।

धनु : समय राम्रो छ। श्रम लगानीका क्षेत्रबाट उत्साह थपिनेछ। सामाजिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ। लगानीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : आध्य साढेसाती दशाले छोएकाले झुटो आरोप लाग्नेछ। मन अशान्त हुनेछ। जुनसुकै काममा पनि अवरोध हुनसक्छ। धैर्य भएर लागेमा निरन्तरको प्रयास सफल हुनेछ।

कुम्भ : मध्य शनिको छाया योग भएकाले बढी झर्कोफर्को हुनेछ। मन अशान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ।

मीन : कार्य सम्पादन कठिन बन्नेछ। बोल्न नजान्दा असफल बन्ने योग छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ०७ बजे

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष