विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित « Khabarhub

विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर-८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ ।

जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर- ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बंगलादेश आठ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।

भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतक बनाए। २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा उनले नटआउट ५० रन बनाएका हुन् ।

भारतका लागि ओपनर विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३ रन बनाउँदा ऋषभ पन्तले ३६ जोडे । शिवम् दुबेले ३४ रन बनाउँदा सूर्यकुमार यादव भने ६ रनमा समेटिएका थिए।

बंगलादेशका लागि तान्जिम हसन सकिब र रिसाद होसैनले समान दुईदुई विकेट हात पारे भने सकिब अह हसनले एक विकेट लिए ।

१९७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए ।

तानजिद हसन २९, रिसाद होसैन २४, महमुदुल्लाह १३, लिटन दास १३ रनमा आउट हुँदा सकिब अल हसनले ११ रन जोडे ।

भारतका लागि कुलदीप यादवले तीन विकेट लिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए भने हार्दिक पाण्ड्याले एक विकेट हात पारे ।

भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलमा विजयी भएको भारत चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । यो समूहका अफगानिस्तान र बंगलादेशले भने खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ३२ बजे

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित