पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको डुम्रे–बेँसीसहर सडकखण्ड पुन अवरुद्ध भएको छ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले सडक खोल्न समय लाग्ने बताए ।

सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौं, गण्डकी प्रदेशको राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थानमा जाने–आउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ ।

बाटोमा सयौँ यात्रु अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ५२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’