निर्माणमा ढिलाइले अस्तव्यस्त कलंकी-चाबहिल सडक (तस्बिरहरू) | Khabarhub Khabarhub

निर्माणमा ढिलाइले अस्तव्यस्त कलंकी-चाबहिल सडक (तस्बिरहरू)


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परियोजना सुरु गरेको १० वर्षमा पनि निर्माण अघि नबढ्दा चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–चाबहिल सडक अस्तव्यस्त बनेको छ ।

कोटेश्वर-कलंकी विस्तारको दशक हुन लाग्दा पनि दोस्रो खण्डको कामले अझै गति लिन सकेको छैन । त्यहीकारण यो सडकखण्डमा हिउँदमा धुलो र वर्षामा हिलोले अस्तव्यस्त हुने गरेको छ ।

निर्माणमा ढिलाइका कारण गोंगबु-सामाखुसी सडकखण्डमा सर्वसाधारणले भोग्नु परेको सास्ती वर्णग गरी साध्य छैन।

कलंकीदेखि चाबहिलसम्मको चक्रपथ विस्तारका लागि निर्माणस्थलका संरचना हटाउने र सर्भिस ट्रयाक खोल्ने काम केही सकिएको छ ।

तर अझै पनि धेरै क्षेत्रमा सर्भिस ट्रयाक पनि राम्ररी खोलिएको छैन । चक्रपथ विस्तार आयोजनाले चीनसँग सम्झौता भइसकेकाले अब कामले गति लिने दाबी गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ३९ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार