मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय « Khabarhub

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्याल र विकल पौडेलसहित कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।

अख्तियारको शुक्रबार बसेको बैठकले अन्तःशुल्क स्टिकर छाप्दा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव बैकुण्ठ अर्यालसहितका सरकारी अधिकारीलाई मुद्दा चलाउने निर्णय गरेको हो।

तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेको ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप् सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो ।

यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसककेा छन् ।

शुक्रबार बोर्डको निर्णयपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख्यसचिवमाथि अन्य मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिएका थिए।

अन्य मुद्दामासमेत विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी रहेकाले राजीनामा गराउन सुझाव उनले दाहाललाई दिएको स्रोतले जनाएको छ ।

अख्तियारले मुद्दा चलाएपछि अर्याल स्वत: निलम्बन हुने छन् । त्यहीकारण प्रधानमन्त्री दाहालले अर्याललाई आइतबारै बिहान राजीनामाको सुझाव दिएका थिए।

अख्तियार स्रोतका अनुसार अर्यालविरुद्ध आधा दर्जन मुद्दामा अनुसन्धान अघि बढेको छ ।

टेरामक्स खरिद प्रकरण, सुरक्षण मुद्रण केन्द्रमा विकल पौडेको नियुक्ति लगायतमा समेत अर्याललाई मुद्दा चलाउनुपर्ने गरी निष्कर्ष निकालिएको अख्तियार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ५५ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर