विजय लघुवित्तले एफपीओ जारी गर्ने « Khabarhub

विजय लघुवित्तले एफपीओ जारी गर्ने


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेपछि पूँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्दछन् । लघुवित्तले पुँजी वृद्धि गर्ने एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले एफपीओ जारी गर्ने साधारणसभामा विशेष प्रस्ताव राखेको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको १५औँ वार्षिक साधारणसभा असार ३० गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बस्ने कम्पनीका सचिव सरोज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार साधारणसभाका लागि र एफपीओको लागि असार १७ गते बुक क्लोज हुनेछ । असार १६ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले मात्र एफपीओका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको साधारणसभाले एफपीओ सम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई हस्तान्तरण गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने सचिव घिमिरेले जानकारी दिए ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूह ‘क’ बाट चार जना र सर्वसाधारण समूह ‘ख’ बाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने समेत साधारणसभाको प्रस्ताव रहेको छ ।

त्यस्तै, साधारणसभामा अध्यक्षले प्रस्तुत गर्ने २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० साल आषाढ मसान्तको वासलात, आव २०७९–८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण समेत पारित गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : १४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको