विजय लघुवित्तले एफपीओ जारी गर्ने « Khabarhub

विजय लघुवित्तले एफपीओ जारी गर्ने


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेपछि पूँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्दछन् । लघुवित्तले पुँजी वृद्धि गर्ने एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले एफपीओ जारी गर्ने साधारणसभामा विशेष प्रस्ताव राखेको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको १५औँ वार्षिक साधारणसभा असार ३० गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बस्ने कम्पनीका सचिव सरोज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार साधारणसभाका लागि र एफपीओको लागि असार १७ गते बुक क्लोज हुनेछ । असार १६ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले मात्र एफपीओका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको साधारणसभाले एफपीओ सम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई हस्तान्तरण गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने सचिव घिमिरेले जानकारी दिए ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूह ‘क’ बाट चार जना र सर्वसाधारण समूह ‘ख’ बाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने समेत साधारणसभाको प्रस्ताव रहेको छ ।

त्यस्तै, साधारणसभामा अध्यक्षले प्रस्तुत गर्ने २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० साल आषाढ मसान्तको वासलात, आव २०७९–८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण समेत पारित गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : १४ बजे

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक