कांग्रेसको टिप्पणी : लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले जीबी राईलाई भगाए « Khabarhub

कांग्रेसको टिप्पणी : लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले जीबी राईलाई भगाए


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रश्न उठाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जीबी राई मलेसियामा रहेको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति गृहमन्त्रीले दिइसकेपछि पनि उनलाई नेपाल नल्याइएको आपत्ति जनाए ।

उनले जीबी राईबारेमा गृहमन्त्रीले स्टन्डबाजी गर्न खोजेको आरोप पनि शर्माले लगाएका छन् ।

शर्माले जीबी राईको लोकेसन पत्ता लागिसकेको भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि उनले प्रश्न उठाएका छन् ।

उनले गोरखा मिडिया नेट्वर्कका तत्कालीन मालिकमध्ये एकजना गृहमन्त्री भएको अवस्थामा अर्का मालिक जीबी राइलाई गृहमन्त्रीले नै भगाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले सूर्यदर्शन सहकारीका पीडित अदालतमा इजलासमा बहस सुन्न जाँदा प्रहरीले गेटमा रोकेको पनि बताए।

उनले कास्कीमा सहकारी छानबिनबारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतलाई एक वर्ष नपुग्दै गृहमन्त्रीको निर्देशनमा सरुवा गरेकोमा पनि आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : १३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ