प्रचण्डलाई गगनको सुझाव : मन्त्री फेर्न नसके आफैं बालुवाटारबाट डेरा सर्नू | Khabarhub Khabarhub

प्रचण्डलाई गगनको सुझाव : मन्त्री फेर्न नसके आफैं बालुवाटारबाट डेरा सर्नू


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नटेर्ने अहिलेका मन्त्रीहरू फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।

नटेर्ने मन्त्री फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयमले बालुवाटारबाट डेरा सर्न उचित हुने सुझाव पनि उनले दिएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै थापाले प्रचण्डलाई सरकारको काम र भूमिकामा प्रश्न उठाएका हुन् ।

‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व हो । तर, संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तो गरि आएको छ, मानौं यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो’, उनले भने, ‘अहिले आएर सरकारले निर्णय गर्‍यो भन्ने सुनियो । तर, अनुदान ७ प्रतिशत घटाउने भन्ने पनि सुनियो । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ? अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो स्वीकार्न सकिँदैन, यो निर्णय असंवैधानिक पनि छ ।’

सांसद थापाले यही विषय स्थानीय तहका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पनि सम्झाए । स्थानीय सरकारका प्रमुखहरूले अनुदान शय प्रतिशत नै चाहिने कुरा राख्दा प्रधानमन्त्रीले आफूले त मन गरेको तर मन्त्रीले मानेनन् भनेको कुरा थापाले उल्लेख गरे ।

उनले नटेर्ने मन्त्रीहरू फेर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । ‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो त संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने । फेर्न नसक्ने हो भने बालुवाटारबाट आफैँ डेरा सर्ने ।’

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ३७ बजे

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित

प्रहरी वृत्त बानेश्वरमा तोडफोड तथा आगजनी गर्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भनव

गण्डकी प्रदेशसभाको बैठक २४ कात्तिकमा बस्दै

पोखरा– जेनजी आन्दोलनका क्रममा संसद् भवन आगजनीले ध्वस्त बनेपछि स्थगित

अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षले दिए राजीनामा

काठमाडौँ– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका