प्रचण्डलाई गगनको सुझाव : मन्त्री फेर्न नसके आफैं बालुवाटारबाट डेरा सर्नू « Khabarhub

प्रचण्डलाई गगनको सुझाव : मन्त्री फेर्न नसके आफैं बालुवाटारबाट डेरा सर्नू


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नटेर्ने अहिलेका मन्त्रीहरू फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।

नटेर्ने मन्त्री फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयमले बालुवाटारबाट डेरा सर्न उचित हुने सुझाव पनि उनले दिएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै थापाले प्रचण्डलाई सरकारको काम र भूमिकामा प्रश्न उठाएका हुन् ।

‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व हो । तर, संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तो गरि आएको छ, मानौं यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो’, उनले भने, ‘अहिले आएर सरकारले निर्णय गर्‍यो भन्ने सुनियो । तर, अनुदान ७ प्रतिशत घटाउने भन्ने पनि सुनियो । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ? अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो स्वीकार्न सकिँदैन, यो निर्णय असंवैधानिक पनि छ ।’

सांसद थापाले यही विषय स्थानीय तहका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पनि सम्झाए । स्थानीय सरकारका प्रमुखहरूले अनुदान शय प्रतिशत नै चाहिने कुरा राख्दा प्रधानमन्त्रीले आफूले त मन गरेको तर मन्त्रीले मानेनन् भनेको कुरा थापाले उल्लेख गरे ।

उनले नटेर्ने मन्त्रीहरू फेर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । ‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो त संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने । फेर्न नसक्ने हो भने बालुवाटारबाट आफैँ डेरा सर्ने ।’

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ३७ बजे

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै