प्रधानमन्त्रीलाई माओवादीको सिट संख्या जादुवाला लाग्नु स्वाभाविक : महेश बर्तौला  « Khabarhub

प्रधानमन्त्रीलाई माओवादीको सिट संख्या जादुवाला लाग्नु स्वाभाविक : महेश बर्तौला 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका कारण निरन्तर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता रहेको टिप्पणी गरेका छन् ।

संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले प्रधानमन्त्री प्रचण्डलाई माओवादीको सिट संख्या जादुवाला रहेको लाग्नुलाई अस्वाभाविक मान्न नसकिने भन्दै अहिलेको अवस्था हेर्दा प्रधानमन्त्रीको अभिव्यक्तिमा केही सत्यता नै रहेको बताएका हुन्  ।

अहिलेको सरकार पुरा अवधि चल्ने र कसैले भत्काउन नसक्ने उनको भनाइ छ । यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरूसँग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने बताएका थिए ।

उनले एमालेका लागी प्रधानमन्त्री र मन्त्री वा सत्ता ठूलो कुरा नभएको जिकिर गरे ।

बर्तौलाले कांग्रेसले भनेजस्तो प्रधानमन्त्री कमजोर नभएको भन्दै प्रधानमन्त्री प्रचण्ड कै नेतृत्वमा मुलुकलाई अघि बढाउने र सबै मन्त्रीहरूले साथ दिने जिकिर गरे ।

उनले सरकारले राम्रोसँग काम गर्ने सामर्थ्य राखेका कारण कांग्रेसले सत्तापक्षलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ४० बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको