निकुञ्जका कर्मचारीको गोली लागेर निधन भएका तितुङको परिवारलाई क्षतिपूर्तिको माग « Khabarhub

निकुञ्जका कर्मचारीको गोली लागेर निधन भएका तितुङको परिवारलाई क्षतिपूर्तिको माग


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्तौलाले सो घटनामा संलग्न निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेका हुन् ।

उनले भनेका छन्- ‘राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकले पाएको दुख र अप्ठ्यारोबारेमा धेरै जना माननीय सदस्यले प्रश्न उठाउनु भएको छ ।

हालै पनि मकवानपुरको हेटौडा उपमहानगरपालिका १४ का सुकबहादुर तितुङको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्ती क्षेत्र छ । मध्यवर्ती क्षेत्रभित्र जोडिएको त्यो क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीहरूले उनीमाथि आक्रमण गरे । गोली हानेर सुकबहादुरको हत्या गरे ।’

उनले सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखीकन छातीमा गोली हानेर हत्या गरेको बताउँदै लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने बताए ।

उनले दोषी देखिएका माथि कानून बमोजिम कारबाही गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : ०६ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ