बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने | Khabarhub Khabarhub

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13k
Shares
  • change font
  • change font
  • change font

चितवन– बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।

गत साता श्री एयरले काठमाण्डौँ–भरतपुर ८० सिटे जहाजको  परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए । बस्नेतका अनुसार जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।

अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौं र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौं–भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

अब सञ्चालन गर्न लागिएको जहाज एटिआर–७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ ।

साना जहाज उडान हुँदा एकतर्फी भाडा चार हजार सात सय रुपैयाँ भन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : २९ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको