मोरङ र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

मोरङ र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

मोरङ– बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित झापा दमक नगरपालिका-८ बस्ने २४ वर्षीय भोला मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, रूपन्देहीकाे गैडहवा गाउँपालिका-८ कोत्रहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ७७ हजार ९ सय रुपैयाँसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-४ मिमिहवा बस्ने २१ वर्षीय रवीन्द्र लोध र २३ वर्षीय लालमोहन लोध रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लु.२१ प ३२५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : ३९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन