राष्ट्रियसभा बैठक : छाउपडीप्रथा उन्मूलन गर्न बनाइएका कानून कार्यान्वयनको माग  « Khabarhub

राष्ट्रियसभा बैठक : छाउपडीप्रथा उन्मूलन गर्न बनाइएका कानून कार्यान्वयनको माग 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले छाउपडीप्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडीप्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

राष्ट्रियसभा बैठकको आज विशेष समयमा सांसद रेणु चन्दले छाउपडीप्रथाले समाजिकरुपमा विकृति फैलाएको र महिलामाथि विभेद भइरहेको बताइन् । छाउपडीप्रथा उन्मूलनसम्बन्धी कानूनी र नीतिगत व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकामा उनले आपत्ति जनाइन् ।

‘छाउपडीका बेला गोठमा बस्दा सर्पले टोकेर मृत्यु भइरहेको छ, कतिपय बलात्कृत भएका छन्, विद्यालय जान सकिरहेका छैनन्’, सांसद चन्दले भनिन्, ‘यसरी मृत्युको मुखमा बसेर महिला कहिलेसम्म बस्नुपर्ने ? छाउपडीप्रथा उन्मूलनका लागि सरकारले पहल गर्नुपर्छ ।’

सांसद भगवती न्यौपानेले छाउपडीप्रथा उन्मूलनलगायत महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड दिइन् । ‘बोक्सीको आरोपमा महिलालाई जिउँदै जलाइन्छ, बलात्कृत हुनु परिरहेको छ, छाउपडीप्रथाका कारण महिला पीडित छन्’, उनले भनिन्, ‘दाइजोसँग महिलाको अस्तित्व साटिँदै छ, यस्ता हिंसा उन्मूलन गर्न सरकारले प्रभावकारी नीति कार्यान्वयनमा जोड दिनुपर्छ ।’

सांसद जयन्तीदेवी राईले अछामकी १६ वर्षीया किशोरी बलात्कृत भएको घटनाप्रति खेद प्रकट गर्दै त्यसतर्फ गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् । ‘पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउन सरकारले पहल गर्नुपर्छ’, उनले भनिन्, ‘महिलाले सधैँ हिंसा सहेर बाँच्नुपर्ने अवस्था छ, महिलालाई विभेदमुक्तरुपमा बाँच्न दिनुपर्छ ।’

महिलामाथि जानीजानी अपमान भइरहेको उल्लेख गर्दै सांसद राईले छाउपडीप्रथा उन्मूलन भाषणमा मात्र सीमित  रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : १३ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र