राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्छ : रक्षामन्त्री उप्रेती « Khabarhub

राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्छ : रक्षामन्त्री उप्रेती


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै तीन वटै सुरक्षा संयन्त्रबीच समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले अहिले विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई जानकारी नरहने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे । रक्षा मन्त्रालयको विशेष चासोमा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक अघि बढेको उनले बताए।

मन्त्री उप्रेतीले विदेशमा गएर एउटै राहदानी र मुद्रा भए हुन्छ भन्ने र नेपालमा आएर सेनाको विरोध गर्ने कुरालाई पनि नयाँ विधेयकले नोटिस गर्ने जिकिर गरे  । उनले अन्तर्राष्ट्रिय प्रचलन अनुसार हतियार लिएर सीमामा सेना उभिने कुरालाई राम्रो नमानिने बताए ।

उनले असामान्य अवस्थामा सरकारको निर्णयमार्फत राष्ट्रपतिबाट घोषणा भएपछि सेना परिचालन गर्ने व्यवस्था रहेको भन्दै सीमामा केही दुरीमा बसेर निगरानी भने गर्न सकिने बताए ।

मन्त्री उप्रेतीले द्रुतमार्ग मुलुकको गेम चेन्जर परियोजना रहेको भन्दै यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सेनाले काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : ०५ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६