सबै भाषा, संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार प्रतिबद्ध छ  : मन्त्री तामाङ « Khabarhub

सबै भाषा, संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार प्रतिबद्ध छ  : मन्त्री तामाङ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताएका हुन् ।

प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वर्धनमा जोड दिने, बाल साहित्यको विकास गर्ने, सातै प्रदेशका भौगोलिक, सामाजिक, संस्कृति, ऐतिहासिक, भाषिक तथा साहित्यिक विषयकको खोज अन्वेषण गर्दै आएको उल्लेख गर्दै उनले यसमा सरकारकातर्फबाट भरपुर सहयोग रहने विश्वास दिलाए ।

नेपाल प्रज्ञा–प्रतिष्ठान जनताको सङ्घर्ष र बलिदानको पृष्ठभूमिमा उभिएको जिकिर गर्दै मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्ने तथा मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकाय भएको उल्लेख गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठान २०१४ सालमा ‘नेपाली साहित्य–कला एकेडेमी’का नाममा स्थापना भएको हो । त्यसपछि यो नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिणत भएको हो ।

प्रतिष्ठानले ६७औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : २३ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज