सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ « Khabarhub

सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजन बजेटको सन्दर्भमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको बजेट न्यून रहेको भन्दै सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका हुन् ।

उनले मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

बजेटमार्फत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन भएको तथा मूलपानी क्रिकेट रङ्गशालाका लागि ५० करोड रुपैयाँ रकम व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले सबैको सुझावका आधारमा खेलकुद ऐन संशोधनको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले स्थानीयस्तरबाटै खेलकुदका तालिम प्रदान गर्न खेलकुदका प्रशिक्षक खटाइएको, बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको पनि बताए ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पदक जितेर आउने बित्तिकै बैङ्कखातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ४६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड