बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैन : शिक्षामन्त्री श्रेष्ठ « Khabarhub

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैन : शिक्षामन्त्री श्रेष्ठ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा नयाँ कार्यक्रमका लागि निकै कम बजेट रहेको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका लागि छुट्टाएको बजेटमध्ये करिब ९३ प्रतिशत अनिवार्य दायित्वमा खर्च हुने भन्दै बचेको केही रकम मात्रै नयाँ कार्यक्रमका लागि छुट्टाइएको बताएकी हुन् ।

सार्वजनिक विद्यालयहरूको रूपान्तरण लगायतका धेरै प्रभावकारी कार्यक्रमहरूको सुरुवात आगामी आर्थिक वर्षदेखि सुरु हुने उनको भनाइ छ ।

उनले शिक्षा क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानका लागि नयाँ शिक्षा ऐन सम्बन्धी विधेयक सदनमा विचाराधीन रहेको जानकारी दिइन्।

मन्त्री श्रेष्ठले शिक्षकहरू प्रशासनको उच्चतम विन्दु रहेकाले दलीय आबद्धताबाट टाढा लैजानुपर्ने बताइन् । सामुदायिक र निजी क्षेत्रका विद्यालयको पढाइमा गुणस्तर फरक छ भन्ने भाष्य जबरजस्ती बनाइएको भन्दै उनले सामुदायिक विद्यालयको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ०३ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र