बैकुण्ठलाई भ्रष्टाचार मुद्दा लागेपछि लीलादेवी निमित्त मुख्यसचिव « Khabarhub

बैकुण्ठलाई भ्रष्टाचार मुद्दा लागेपछि लीलादेवी निमित्त मुख्यसचिव


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ ।

उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका हुन् ।

तेह्रथुम जिल्लाकी गड्तौलाले उनले नेपाल ल क्याम्पसबाट आईएल बिएल गरेकी छन् ।२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनीले कानून मन्त्रालयमा १७ वर्ष काम गरिन् ।

त्यसपछि उनी ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा उनले काम गरिसकेकी छन् ।

०६३ सालमा उपसचिव भइन् भने २०७० सालमा सहसचिव भएकी २०७७ कात्तिकमा सचिव भएकी उनी नेपाल कानुन आयोगका सचिवबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव भएकी थिइन् ।

गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । उनी २०८० भदौ २२ गते प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवको रूपमा काम गर्दै आएकी छन् ।

उनी कानून तथा न्याय सेवातर्फ दुई जना महिला विशिष्ट श्रेणी पुगेका सचिवहरूमध्ये एक हुन् । न्याय सेवातर्फ निर्मला पौडेल छन् ।

गर्तौलाले खबरसँग भनिन्, ‘सरकारले मलाई जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु। पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने वचन पनि दिन चाहन्छु।’

‘एउटा घटना र परिस्थितिका कारण मैले यो जिम्मेवारी सम्हालेको हुँ। म यो जिम्मेवारीलाई कुनै पनि हालतमा राम्रोसँग पूरा गर्नेछु’ उनले भनिन् ।

निमित्त मुख्यसचिवमा बनेकी गर्तौला भदौ १५ गते सेवानिवृत्त हुनेछिन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ०५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति