क्रिमियामा युक्रेनी मिसाइल आक्रमणमा दुई जनाको मृत्यु « Khabarhub

क्रिमियामा युक्रेनी मिसाइल आक्रमणमा दुई जनाको मृत्यु


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपको सेवस्तोपोलमा आइतबार युक्रेनी मिसाइल आक्रमणमा दुई वर्षीय शिशुसहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको मस्कोद्वारा नियुक्त सहरका गभर्नरले बताएका छन् ।

कृष्ण सागरको बन्दरगाह सहर तथा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएको क्रिमिया प्रायद्वीपको नौसैनिक अड्डा सेवस्तोपोल नियमितरूपमा युक्रेनी आक्रमणको चपेटामा परेको छ तर आइतबारको आक्रमणमा मृत्यु हुनेको सङख्या असामान्यरूपमा धेरै थियो ।

“अपुष्ट जानकारीअनुसार सेवस्तोपोलमा युक्रेनको सशस्त्र बलको आजको आक्रमणमा दुई शान्तिपूर्ण बासिन्दाको मृत्यु भयो, मृत्यु हुनेमा एक दुई वर्षका शिशु थिए”, सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा लेखेका छन् ।

उनका अनुसार युक्रेनले प्रहार गरेको पाँच वटा मिसाइललाई रुसी हवाई रक्षा बलले समुद्रमाथि रोकेको थियो तर टुक्राहरू तटवर्ती क्षेत्रमा खस्यो र छर्राका टुक्राले मानिसहरू घाइते भए ।

रजभोझायेभले मिसाइलका टुक्रा सहरको उत्तरमा तटीय क्षेत्रमा खस्ता एउटा घर र जङ्गलमा आगो लागेको थियो । उनले यसअघि आइतबार रुसको दक्षिणी बेलगोरोड क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेको एउटा ड्रोनले एक व्यक्तिको मृत्यु भएको थियो ।

बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभका अनुसार तीन युक्रेनी आक्रमणकारी ड्रोनले युक्रेनको सीमाबाट केही किलोमिटर टाढा ग्रेभोरोन सहरमा आक्रमण गरेका थिए । आक्रमणमा एउटा ड्रोनले फ्ल्याटहरूको बहुतले ब्लक नजिकै कार पार्कलाई निशाना बनाएको थियो ।

ग्ल्याडकोभले टेलिग्राममा लेखेका छन्, “हमलामा एक जना शान्तिपूर्ण नागरिकको मृत्यु भएको छ, चोटका कारण उनको घटनास्थलमा मृत्यु भएको हो, आक्रमणमा तीन जना घाइते भएका छन् ।”

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : ३१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया