एकीकृत समाजवादीको महाधिवेशन प्रचार गर्न सांस्कृतिक कार्यक्रम गरिँदै | Khabarhub Khabarhub

एकीकृत समाजवादीको महाधिवेशन प्रचार गर्न सांस्कृतिक कार्यक्रम गरिँदै


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक सङ्कलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।

पार्टी निकट जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरुको सहभागितामा विभिन्न गीत, नृत्य तथा साङ्गीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतको हभागिता रहने छ भने त्यहाँ विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग सङ्कलन गरिने महासचिव अधिकारीले जानकारी दिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनमा महासङ्घका तर्फबाट १५ जनाले प्रतिनिधिका रुपमा सहभागिता जनाउँदै छन् । पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिसकेको यसअघि नै जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : ०५ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको