इंग्ल्यान्डविरुद्ध अमेरिका एक सय १५ रनमा अलआउट | Khabarhub Khabarhub

इंग्ल्यान्डविरुद्ध अमेरिका एक सय १५ रनमा अलआउट


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले इंग्ल्यान्डलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन मात्र बनाउन सक्यो ।

उसका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २.५ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २–२ विकेट लिए । अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनैपनि रन नजोडी गुमायो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : १९ बजे

पाँच मिनेटको अन्तरमा इंग्ल्याण्डले गर्‍यो तीन गोल, आयरल्यान्डमाथि पाँच शून्यको जित

लन्डन – १० खेलाडीमा सीमित पोल्यान्डविरुद्धमा पाँच मिनेटको अन्तरमा तीन

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर ३ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार

आज २०८१ साल मंसिर ३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार

रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड