स्वदेशमै उपचार गर्छुभन्दा पनि नपाउने अवस्था छ : नारायणमान बिजुक्छेँ « Khabarhub

स्वदेशमै उपचार गर्छुभन्दा पनि नपाउने अवस्था छ : नारायणमान बिजुक्छेँ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको अभावमा रोगसँग डराउने दिन आएको बताएका छन् ।

नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको आज आयोजित दोस्रो स्मृतिसभामा उनले स्वदेशमै उपचार गर्छुभन्दा पनि उपचारको सुविधा नपाउने अवस्थाले आफूलाई चिन्तित बनाएको बताए ।

“विसं २०५६ मा शोभाको स्तन क्यान्सरको पहिचान हुँदा टिचिङ अस्पतालका डाक्टरले नेपालमै उपचार सम्भव छ भनेपछि आधा रोग निको भए जस्तै भएको थियो”, उनले भने ।

उनले हरेक घरमा एक जना स्वास्थ्यकर्मी हुनुपर्ने अवस्था आएको बताए । “सरकार या राज्यसँग नडराउने हामी रोगसँग डराउनुपर्ने स्थिति आएको छ । क्यानसरको उपचारमा नेपालमा औषधि ल्याउन गर्नुपरेको दौडधुप, उपचारको अवस्था देख्दा दुःखी बनाएको छ ।”

कार्यक्रममा वरिष्ठ चिकित्सक प्रकाश सायमीले महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर चुनौती बनेको बताए । डा सायमीले पत्रु खानाको निरन्तर सेवन, महिलाले ३० वर्षपछि बच्चा जन्माउने, मोटोपन समयमै पहिचान नहुनु, उपचारमा हिच्किचाउनुले पनि क्यान्सर रोग लाग्ने गरेको बताए ।

डा सरोज धिताल, क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ, नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगरलगायतले स्व शोभाको जीवनीमाथि चर्चा गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : ५५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर