अमेरिकालाई हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा | Khabarhub Khabarhub

टी–२० विश्वकप

अमेरिकालाई हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टायो ।

इंग्ल्यान्डका कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले २१ बलमा २५ रन जोड ।

यसअघि केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८।५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन मात्र बनाउन सक्यो ।

उसका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २.५ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर ह्याट्रिकसहित ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २–२ विकेट लिए । अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनैपनि रन नजोडी गुमायो ।

जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ११ : ११ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको