भारतमा सर्वोच्च अदालतको फैसला- निट परीक्षाको पुनःपरीक्षण घातक « Khabarhub

भारतमा सर्वोच्च अदालतको फैसला- निट परीक्षाको पुनःपरीक्षण घातक


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सर्वोच्च अदालतले मङ्गलबार एनइइटी (निट)–युजी सन् २०२४ परीक्षा रद्द गर्न अस्वीकार गरेको छ ।

यस वर्षका लागि नयाँ निट–युजीका लागि निर्देशन दिनुले परीक्षामा सहभागी २४ लाखभन्दा बढी विद्यार्थीका लागि गम्भीर परिणाम हुने महसुस गरेको अदालतले बताएको छ ।

अदालतले निट–युजी सन् २०२४ को नतिजा फिर्ता गर्न र नयाँ सिराबाट परीक्षा आयोजना गर्न निर्देशन दिन माग गरिएको निवेदनमा अदालतले सुनुवाइ गरेको हो । निवेदनमा परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरिएको र गलत व्यवहारको आरोप लगाइएको थियो ।

आकांक्षीहरूले सर्वोच्च अदालतमा पुगेका र प्रश्नपत्र बाहिरिएको, क्षतिपूर्ति अङ्क प्रदान गरिएको र निट–युजीको प्रश्नमा विसङ्गतिको मुद्दा उठाएका थिए ।

एनटीएद्वारा आयोजित निट–युजी परीक्षा देशभरका सरकारी र निजी संस्थाहरूमा एमबीबीएस, बीडीएस र आयुष तथा अन्य सम्बन्धित पाठ्यक्रमहरूमा भर्नाको लागि मार्ग हो ।

निट–युजी २०२४ मे ५ मा चार हजार ४७० केन्द्रमा आयोजना भएको र लगभग २४ लाख उम्मेदवार यसमा उपस्थित थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ८ : २२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा