बागलुङमा भदौदेखि ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै « Khabarhub

बागलुङमा भदौदेखि ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा ९ वर्षपछि हनुमान नाच फेरि सुरु हुने भएको छ । २०७२ सालपछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको नाच संरक्षण परिषदका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो ।

तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले आगामी भदौ ११ गते सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन गरिने जानकारी दिए ।

भदौको पहिलो वा दोस्रो मङ्गलबार पारेर बागलुङ बजारको नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ ।

पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताए । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उनको भनाइ छ ।

उनले भने, १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दश तालमा यो नाच नाचिन्छ ।’

पाँच सय वर्ष पहिले भक्तपुरबाट सुरु भएको नाच पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हनुमान नाचको संस्कृति पनि सँगै ल्याएको बताइन्छ । बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ ।

१७६८ सालमा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताए ।

उनका अनुसार हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको उनको भनाइ छ । नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिन पाउँछन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १० : ५६ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि