भारतमा मोबाइल फोन र आयातित सुन-चाँदीको मूल्य घट्ने « Khabarhub

भारतमा मोबाइल फोन र आयातित सुन-चाँदीको मूल्य घट्ने


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले नयाँ बजेट ल्याएको छ । बित्तमन्त्री निर्मला सीतारमणले नयाँ युनियन बजेट संसद्मा वाचन गरिरहेकी छन् ।

बजट घोषणासँगै कयौँ बस्तु महंगिएका छन् भने केही सस्तिएका छन् ।

सीतारमणले नरेन्द्र मोदी नेतृत्वको तेस्रो कार्यकालको बजेट ल्याएकी हुन् । यसमा सीतारमणले कयौँ अहम उत्पादनमा कर बढाउने र घटाउने घोषणा गरेकी छन् ।

के के सस्तो हुने भए ?

क्यान्सरसँग सम्बन्धित तीन औषधिको भन्सार शुल्क हटाइएको छ । एक्सरे ट्युब र फ्ल्याट प्यानल डिटेक्टरको आयात शुल्क पनि हटाइएको छ ।

मोबाइल फोन र पार्ट्स- पीसीबी र मोबाइल फोन चार्जरको भन्सार शुल्क पनि १५ प्रतिशत घटाइएको छ ।

२५ आवश्यक खनिजमाथिको सीमा शुल्क यथावत छ ।

सोलर सेल र सोलर प्यानल निर्माण गरिने वस्तुको करमा छुट दिइएको छ ।

सुन र चाँदीमा लगाइएको सीमा शुल्क घटाएर ६ प्रतिशतमा झारिएको छ ।

प्लाटिनममाथि सीमा शुल्क घटाएर अब ६.४ प्रतिशत बनाइएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ४८ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा