चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटियो « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटियो


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६  भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो ।

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए। उनले मृत गैँडाको शरीरमा चोटपटक तथा  घटनास्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुनसक्ने बताए।

निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उनले बताए। 

उनले भने, ‘हामीले सरसर्ती हेर्दा शरीरमा कुनै चोटपटक देखिएको छैन । बूढो भएर मरेको हुनसक्ने अनुमान गरेका छौँ । मृत्युबारे पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ ।’  यसबारे अन्य अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ५८ बजे

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका