दाङमा जडीबुटी उत्पादन बढ्यो, सबैभन्दा धेरै टिमुर उत्पादन « Khabarhub

दाङमा जडीबुटी उत्पादन बढ्यो, सबैभन्दा धेरै टिमुर उत्पादन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

 आर्थिक वर्ष २०८०-०८१ मा  ६ लाख किलो जडिबुटी उत्पादन भएको छ । गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो । उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ । 

वन डिभिजन कार्यालयका अनुसार  चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ । 

उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८-०७९ मा रु ६ लाख ३८ हजार राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९-०८० मा त्यो घटेर ५ लाख ६१ हजार ५ सयमा सीमित  भएको थियो । यद्यपि गत आर्थिक वर्ष २०८०-०८१ मा जडीबुटी संकलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ । उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व संकलन भएको छ । 

आर्थिक वर्ष २०७८-०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९-०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो । आर्थिक वर्ष २०७८-०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएको थियो ।  

टिमुरका लागि दाङ पकेट क्षेत्रका रुपमा  रहेको जिल्लाको बंगालाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्बर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिकालगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : ४३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५