भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने « Khabarhub

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

भुटानपछि दोस्रो, ८० करोड बढायो


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ हो ।

यो अनुदान त्यहाँको चालु आर्थिक वर्षमा उपलब्ध गराइएको भन्दा ५० करोड भारु (८० करोड रुपैयाँ) ले बढी हो । नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सहायताबारे जानकारी दिइन्‌ ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई अनुदानबापत ५५० करोड रुपैयाँ छुट्याएको थियो । बजेट संशोधन क्रममा वित्तमन्त्री निर्मलाले एक अर्ब रुपैयाँ थपेकी थिइन्‌ । अघिल्लो आर्थिक वर्ष २०२२-२३ मा भारतले बजेटमार्फत नेपालका लागि ४ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुदान घोषणा गरेको थियो ।

भारतले पाकिस्तान बाहेक सीमा स्थल तथा जल सीमा जोडिएका छिमेकीहरूलाई वर्षेनी बजेटमा अनुदान छुट्याउने गरेको छ । आफ्नै सुरक्षा छाताभित्र रहेको भुटानलाई भारतले अन्य छिमेकीलाई भन्दा बढी अनुदान दिने गर्छ ।

यो पटक पनि भारतीय अनुदान पाउने छिमेकीको सूचीमा भुटान नै अगाडि छ । दिल्लीले यसपटक थिम्पुलाई २० अर्ब ६८ करोड ५६ लाख रुपैयाँ अनुदान घोषणा गरेको छ । भुटानपछि धेरै अनुदान नेपालले पाएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : १३ बजे

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ