रंगमञ्चमा वर्षाको डेब्यू पक्का « Khabarhub

रंगमञ्चमा वर्षाको डेब्यू पक्का


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नायिका वर्षा राउतले नाटक ‘हिटलर आउँदैछ‘मा अभिनय गर्ने भएकी छन् । फिल्ममा सफल मानिएकी उनको यो डेब्यू नाटक हो । 

वर्षा नाटकका लागि अमेरिका पुगिसकेकी छन् । वर्षा केही महिना अगाडिसम्म फिल्म ‘तेल भिसा’ छायांकनका लागि अमेरिकामै थिइन् । नेपाल आएर फिल्म ‘मेयर’को छायांकनमा सहभागी भएर उनी पुन: अमेरिका फर्किएकी हुन् । 

सामाजिक सञ्जालमार्फत वर्षाले दर्जनौं फिल्मपछि रंगमञ्जको यात्रा सुरु भएको जानकारी दिएकी छिन् । साथै उनले यो अवसरका लागि धन्यवादसमेत दिएकी छन् । 

अगस्ट २३ मा नाटक ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्जन हुनेछ। नाटकको वल्र्ड प्रिमियर हुने बताइएको छ । अमेरिकाकै विभिन्न राज्य, अन्य देशसहित नेपाल र भारतमा मञ्चन गरिने हुने बताइएको छ । 

रंगमकर्मी विमल सुवेदीको निर्देशन रहने यस नाटकमा जोयस पाण्डेको मुख्य भूमिका रहेको छ । उनी फिल्म ‘साँघुरो’ का निर्देशक हुन्। नाटकका लेखक विमल र जोयश हुन्। 

नाटकमा नेपालीभाषी भुटानी, विदेशमा रहेका नेपाली र उनीहरूको सन्तानले भोगेको मानसिक तथा पहिचानको संकट समेटिने बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ४८ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव